सिटिजन्स बैंकको आर्थिक वर्ष ७४- ­७५ को नगद लाभांश लिन आह्वान (सुचना सहित)

काठमाडौं – सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष ७४ -७५ को नगद लाभांश लिदका लागि सूचना सार्वजनिक गरेको छ ।

  बैंकले उक्त आर्थिक वर्षको नगद लाभांश केही सेयरधनीले नलगेको भन्दै लैजान सूचना जारी गरेको हो । बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। 

Dengue

सोही कारण आजदेखि ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ । लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने जनाएको छ ।

चैत ५ गतेसम्ममा पनि लाभांश नलगेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने बैंकले जारि गरेको सुचनामा उल्लेख छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार