आफुलाई डिएसपी भनेर दुर्व्यवहार गर्ने व्यक्ति डिएसपी नभएर कांग्रेस नेताका छोरा, अहिले प्रहरी खोरमा

काठमाडौं : शनिबार राति काठमाडौँ उपत्यका लाजिमपाट सडक अन्तर्गत राति १० बजे १ जना व्यक्तिले अर्को गाडीमा सवार दम्पतिलाई अबद्र व्यवहार गरेको पाइयो। सामाजिक सञ्जालमा त्यो अभद्र व्यवहार गरेको भिडियो आएपछि र त्यसमा केही साम्प्रदायिक विविध पूर्णरुपको शब्दहरु पनि प्रयोग गरेको पाइयो। त्यसबारे धेरै नै नकारात्मक टिप्पणी भयो । मान्छेहरुले यस्तो किसिमको व्यवहार असह्य रहेको र संघीय राजधानीको सहरमा देशकै एउटा मुख्य सहरको नागरिकलाई त्यो व्यवहार गर्नु राम्रो होइन भन्ने टिप्पणी हुन थाल्यो।

घटना शनिबार राति १० बजेको हो। बीरगञ्ज निवासी आफ्नो साथीसंग घरतिर जाँदै थिए। बाटोमा अर्को सवारी साधनमा मदिरा सेवन गरेर नेपाली कांग्रेसका नेता चीज कुमार श्रेष्ठका छोरा प्रवीण श्रेष्ठ सवारी साधन चलाइरहेका थिए । स्वर्गीय चिजकुमार श्रेष्ठ नेपाली कांग्रेसका पूर्व प्रभावशाली नेता धादिङबाट राजनीतिमा होमिएका नेता हुन् ।

dashain shuvakamana
Discovery School

प्रविन श्रेष्ठले अङ्कितलाई धेरै नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्दै आफू नेपाल प्रहरीको डीएसपी रहेको र म जे सुकै गर्न सक्छु भनेर धम्काएको पाइन्छ। पीड़ित र उनका साथीले भने निकै शालिन तरिकाले दाइ तपाईँले साइडलाइट हेर्नुभएन मेरो गल्ती छैन भनेर अनुरोध गरेको र शालिन तरिकाले नै भद्र तरिकाले नै व्यवहार गरेको त्यो भिडियोमा देख्न सकिन्छ।

आइतबार बिहानै देखि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो। त्यसपछी नेपाल प्रहरी सक्रिय भए र त्यो व्यक्ति को हुन् भनेर पत्ता लगाउन थाले र केही घण्टामै सबै कुरा पत्ता लगाएर प्रविन श्रेष्ठलाई पक्राउ गरियो ।अहिले उनी काठमाडौँको दरबार मार्ग स्थित नेपाल प्रहरीको थुनामा छन् ।

प्रविन श्रेष्ठले तीनवटा गल्ती एकैचोटी गरेको पाइन्छ एउटा आफू नेपाल प्रहरीको कुनै पनि जिम्मेवारी पदमा नरहेको भए तापनि आफूलाई नेपाल प्रहरीको डिएसपी भनेर मान्छेलाई धम्काउने काम गरेको, दोस्रो गल्ती मदिरा सेवन गरेर सवारी साधन चलाएको, र सबैभन्दा ठूलो गल्ती आफूले आफू नेपाली हुँ भन्दै गर्दा अरुलाई अरुको नागरिकता मागेर अपहेलना गरेको अपशब्द प्रयोग गरेको र उसलाई सामाजिक रुपमा दुर्व्यवहार गरेको देखिन्छ। यो तिनै गल्तीको कारण प्रविन श्रेष्ठलाई कडा कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा निकै नै कमेन्टहरु आइरहेको छ। यो भिडियो अहिलेसम्म ५० लाख भन्दा धेरै मान्छेले सकेका छन् ।सबैले प्रविण श्रेष्ठ नेपाली कांग्रेसका स्वर्गीय नेता चिज कुमार श्रेष्ठका छोरा हुन् उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको देखिन्छ ।

भिडियो हेर्न यो लिंक थिच्नुहेस्

https://fb.watch/qiBbJZ3Mqa/

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार