युद्ध लडिरहे पनि रुसको सम्पत्ति बढेको बढ्यै, रुसी अर्थतन्त्र कसरी बलियो बन्यो ?

एजेन्सी : सन् २०२२ फेब्रुअरी २४ मा जब रुसले युक्रेनमा आक्रमण गर्‍यो, सोही वर्षको मार्चदेखि उसले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्‍यो । रुसलाई एक्ल्याउने अमेरिकासहित पश्चिमा राष्ट्रको चाहनाका कारण त्यसबेला रुसी ठूला कम्पनीहरू साथै रुसी धनाढ्यहरू प्रतिबन्धमा परे । 

यसो हुँदा रुसी ठूला कम्पनीहरूको मूल्य ९७ प्रतिशतसम्मले गिरावट भयो, रुसी मुद्रा रुबलको मूल्यमा पनि ठूलो गिरावट देखियो । प्रतिबन्धका कारण विदेशमा रहेका रुसी सम्पत्ति अहिलेसम्म रोक्का गरिएका छन्, ती सम्पत्ति युक्रेनलाई हस्तान्तरण गर्नुपर्छ भनेर अमेरिकामा बहस नै हुन थालेको छ । 

Dengue

यसरी चर्को आर्थिक प्रतिबन्ध झेलेपछि रुस आर्थिक रूपमा कमजोर हुन्छ भन्ने विश्वास गरिएको थियो । तर, युद्धको झण्डै दुई वर्षपछि रुसी अर्थतन्त्रलाई विश्लेषण गर्दा यो देखिन्छ कि विश्वका शक्तिशाली अर्थतन्त्र भनिएका जी–७ देशहरूको भन्दा रुसी अर्थतन्त्र बलियो छ । रुस अहिले युरोपमा सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि यतिबेला रुसी अर्थव्यवस्थाको विकासदर १.१ प्रतिशतबाट बढाएर २.६ प्रतिशत पुर्‍याएको छ, जसले पनि रूसको आर्थिक वृद्धिदरलाई जोड दिएको छ । युद्ध सुरु भएपछि जब विदेशमा रहेको रुसी केन्द्रीय बैंक रिजर्भको ३०० अर्ब अमेरिकी डलर फ्रिज भयो, तब रुसी अर्थतन्त्र ज्यादै कमजोर भएको थियो, यद्यपि रुसको पछिल्लो तथ्यांक र राष्ट्रपति पुटिनका कथनहरूले रुस फेरि बलियो बन्दै गएको बुझ्न सकिन्छ ।

रुसले आफ्नो अर्थतन्त्र स्थिर भएसँगै यतिबेला सोभियत युगमा जस्तै आफ्नो बजेटको ४० प्रतिशत सेना र हतियारमा खर्च गरिहेको छ । वास्तवमा रुसी तेल र ग्यासमा पश्चिमा प्रतिबन्धका बाबजुद रुसले हाइड्रोकार्बन उत्पादनको बिक्रीबाट राजस्व आर्जन गर्न जारी राखेको छ । रुसी तेल ट्याङ्करहरू यतिबेला भारत र चीनतर्फ गइरहेका छन्, साथै भुक्तानी पनि अमेरिकी डलरको सट्टा चिनियाँ युआनमा हुने र यो क्रम बढ्दै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार