बैतडीकी नक्कली प्रहरी केटी काठमाडौंमा पक्राउ

बैतडीः ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन्। आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन्। काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए। उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार