जब आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालेपछी….

न्युयोर्क- अमेरिकाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ ।

जहाँ आमा मारिया थोमसले आफ्नो बच्चालाई सुताउनुको सट्टा ओभनमा राख्न पुगिन, जसका कारण बच्चाको मृत्यु हुन पुगेको छ । स्थानीय मिडियाका अनुसार यो दुखद घटना गत शुक्रबार भएको थियो, जो हालै सार्वजनिक भएको छ ।

Dengue

मिसौरीका पुलिस अधिकारीहरूले एक महिनाकी छोरीले सास फेर्न नसकेको जानकारी पाए, सूचना पाएपछि प्रहरी कन्सास सिटीस्थित महिलाको घरमा पुगेपछि बालिका गम्भीर रूपमा जलेको र प्रतिक्रिया नदिएको देखे । बालिकालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

पोष्टमार्टममा निसास्सिएर र जलेर बालकको मृत्यु भएको खुलेको छ । एक व्यक्तिले स्काई न्यूजलाई भनेका छन् ‘बालिकाको आमाले उसलाई सुत्नको लागि झुक्किएर पालको सट्टा ओभनमा राखेकी थिइन् ।’

सो घटनालाई लिएर ति महिलालाई गिरफ्तारी गरिएको छ । समाचारअनुसार बालिकाको लुगा जलेर खरानी भएको र उनको डाइपर पनि जलेको उल्लेख छ । प्रहरीले घटनास्थलमा जलेको बच्चाको कम्बल पनि फेला पारेको छ । यो गल्ती कसरी भयो भन्नेबारे प्रहरीले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन ।

बालिकाको हत्या गरेको आरोपमा बालिकाकी आमा २६ वर्षीया मारिया थोमसको रूपमा पहिचान भएको छ । ज्याक्सन काउन्टीले भने ‘हामी घटनास्थलको जानकारी दिने सबैको कदर गर्दछौं । हामी यस त्रासदीको भयानक प्रकृतिलाई चिन्छौं र यस बहुमूल्य जीवनको क्षतिबाट हामी दुखित छौँ।’

ज्याक्सन काउन्टीका अभियोजन पक्षका वकिल जिन पिटर्स बेकरले एक विज्ञप्तिमा भने ‘हामीलाई फौजदारी न्याय प्रणालीले यी डरलाग्दो परिस्थितिहरूमा उचित प्रतिक्रिया दिने विश्वास गर्छौं ।’ थोमसलाई हाल ज्याक्सन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार