यस्तो छ तपाईंको आजको राशिफल

धनगढी-आज २९ माघ २०८०, सोमबारको राशिफल यस्तो रहने छ ।

मेष : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। सफल र रमाइलो यात्राको योग रहेको छ। पारिवारिक सद्भाव बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। शुभ समाचार सुन्न पाइएला।यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा राम्रो हुनेछ भने सजिलै अरूको विश्वास गर्नु ठिक छैन।

Dengue

वृष : आफन्तको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। व्यापार व्यवसायबाट उन्नति देखिन्छ।यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खाँदा राम्रो हुनेछ भने छलकपट नगर्नु होला।

मिथुन : टाढा रहेका साथीभाइसँग मनोरञ्जक भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पारिवारिक जमघटमा सहभागी भइएला। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।यो राशि हुने आज प्यासीलाई पानी दिने र खैरो रङ्गको प्रयोग नगर्ने।

कर्कट : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।यो राशि हुनेले आज भरिसक्के लामो यात्रा नगर्ने। छलकपटतिर लाग्नुभयो भने समस्यामा पर्नु होला।

सिंह : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला।यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानु राम्रो हुन्छ। झुटो बोल्नु भयो भने झन् पोल खुल्नेछ।

कन्या : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मनपर्ने खानाको परिकार खान पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ भने छलकपटतिर नलाग्नु होला।

तुला : नयाँ काम सुरु गर्न उमंग बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सेयर बजारबाट पनि फाइदा हुनेछ।यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग गर्नु हितकर छैन।

वृश्चिक : राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। मन दुख्ने समाचार प्राप्त हुन सक्छ। केही तनाव बढेको महसुस हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मध्य दिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर दिनको सुरुआत गर्नु राम्रो हुनेछ भने सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला।

धनु : सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना पनि बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हताश नहुनु होला।यो राशि हुनेले आज भोकालाई भोजन दिने र उत्तर दिशा नजाने।

मकर : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदिमा भूमिका निर्वाह गर्न पाइनेछ।मकर राशि हुनेले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग नगरेकै बेस।

कुम्भ : विद्या र बुद्धिको विकास हुनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ।यो राशि हुनेले आज रोगीलाई सहयोग गर्ने र तामसिक भोजन नगर्ने।

मीन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ। कुनै कुराले मन दुस्खी हुन सक्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग भने नगरेकै बेस।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ,कर्ममा विश्वास गर्नुहोस् भाग्य आफैं बदलिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार