पूर्वप्रधानमन्त्री इमरान खानको जेल वक्तव्य :’भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नु भयो’!

कैलाली – पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) पार्टी प्रमुख तथा पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पिटिआई समर्थित उम्मेदवारको ठूलो जित भएसँगै एक विज्ञप्ति जारी गरेका छन्।

इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो।

Dengue

पिटिआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो।

यस सन्देशमा अदियाला जेलमा बन्दी इमरान खानले भनेका छन्, ‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नु भयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु।’

उनले पूर्वप्रधानमन्त्री नवाज शरीफप्रति टिप्पणी गर्दै भनेका छन्, ‘तीस सिट पछाडि भएर पनि विजयी भाषण दिइयो।’

निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन। पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।इमरान खानले आफ्नो पार्टी र कार्यकर्तालाई आफ्नो भोट जोगाउन सल्लाह दिएका छन्।पाकिस्तानको राष्ट्रियसभाको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउँदैछ।

हालसम्म घोषित नतिजामा पिटिआईले समर्थन गरेका ८४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन) का ७० उम्मेदवार विजयी भएका छन्।

पिपिपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३१ सिटमा जित हासिल गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार