फुलबारीमा मोटरसाईकल ठेलामा ठोक्किदा अनुज सदैका लागी अस्ताए

धनगढीः धनगढीको फुलबारीमा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल एक्कासी ठोक्किन गई बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो।

Seti Hospital

दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार