चौधरी ग्रुपलाई ठूलो झट्का : हडपेको जग्गा फिर्ता गर्न मालपोतको पत्र, २१ दिनको म्याद (पत्रसहित)

कैलाली- चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रालिलाई पत्र काट्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो । 

हाल चाँद वाग रेसिडेन्सी प्रालि सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई सम्बोधन गरिएका उक्त पत्रमा पत्र प्राप्त भएको मितिले २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

Seti Hospital

यो प्रकरणमा चौधरी ग्रुपका सदस्य अरुण चौधरी पक्राउ परेका थिए । उनी काठमाडौँ जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका थिए । तर, केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा अनुसन्धान जारी राखेको छ । 

‘ज.ध. च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जि. काठमाडौँ नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा श्री नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको पत्र संख्या ०८०/०८१ च.नं. ८४५९ मिति २०८०/१०/२२को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन मिति २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रा।लि।का नाममा यो पत्र लेख्ने कार्य भएको छ’, मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षरित पत्रमा भनिएको छ । 

 पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काईस) दिन भित्र आफै वा बारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित नभएमा कानुन बमोजिम भइजाने उल्लेख गरिएको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेयरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेयर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोदको नाम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार