सरकारमाथि शंका छ, तर सीआईबीले राम्रो काम गर्‍यो : पूर्वडीआईजी‍

धनगढी- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुखसमेत रहेका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले उद्योगपति अरुणकुमार चौधरीको गिरफ्तारीपछि जनतामा प्रहरीको इमेज राम्रो बनेको बताएका छन् ।

ठूला व्यापारीहरु शक्तिकेन्द्रकै रुपमा रहेका कारण यसमा सरकारले खुट्टा कमाउने स्थिति आयो भने पनि प्रहरीले अनुसन्धान अघि बढाइसकेका कारण अब चौधरी सहजै नछुट्ने उनको विश्लेषण छ । चौधरीले सरकारी जग्गा हडपेको प्रमाणहरु नै मिडियामा बाहिर आइसकेको उनी बताउँछन् ।

चौधरीको गिरफ्तारीले जनतामा प्रहरीप्रति विश्वास बढेको बताउँदै पूर्वडीआईजी मल्लले भने, ‘यसले सामाजिक सञ्जालमा प्रहरीप्रतिको इमेज बढाउने काम गरेको छ ।’ तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूला माछा पक्राउ पर्न लागेको भनेर पहिल्यै भाषण गर्नुले भने केही आशंका जन्माएको मल्लको विश्लेषण छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सीजी कम्पनीका मालिक चौधरीको गिरफ्तारीपछि उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका साथै सीआईबीले अहिले कस्तो अवस्थामा काम गरिरहेको छ भन्नेबारे रेडियो क्यान्डिडका लागि कृष्ण तिमिल्सिनाले पूर्वडीआईजी मल्लसँग गरेको कुराकानीको सम्पादित अंश –

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अपचलनमा सीआइबीबाट अरुणकुमार चौधरी पक्राउ परे । तर, उनलाई छुटाउन अहिले सत्ता गठबन्धनका नेताहरुको दौडधुप सुरु भएको छ । प्रहरीले काम त गर्‍यो, अब आजको मितिमा यसको सम्भावित परिदृश्य के देखिन्छ ?

यसमा ०४६ सालपछि नै पटक–पटक बेतिथिहरू आइरहेका हुन् । यसपटक केही सञ्चार माध्यमहरुले प्रमाण बाहिर राखेर प्रहरीले अनुसन्धान नै गर्न नपर्ने गरी ल्याइदिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार