अन्तर बैंक दर बढाउने तयारीमा राष्ट्र बैंक, अधिक तरलता खिच्न निरन्तर निक्षेप संकलन उपकरणको प्रयोग

धनगढी – नेपाल राष्ट्र बैंकले केहि सयमयता बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिचिरहेको छ । राष्ट्र बैंकले अन्तर बैंक दर बढाउन निरन्तर तरलतामा दवाव दिएको बैंकर हरु बताउँछन् । वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन दैनिक जसो निक्षेप संकलन उपकरण प्रयोग गरेको छ ।

केन्द्रीय बैंकले बुधबार देखि शुक्रबारसम्म निरन्तर निक्षेप संकलन उपकरणबाट ७० अर्ब तरलता खिच्नेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको छ । अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल अर्थात २.८६ प्रतिशतमा झरेको छ ।

Dengue

वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गरिन्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा छ । बैंकहरु निक्षेप थपिने क्रम जारी छ । तर, कर्जाको माग बढेको छैन् ।

त्यसले गर्दा पनि केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर बढाउने तथा प्रणालीको तरलता घटाउने निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो । त्यसका साथै यसभन्दा अघि निष्काशन गरेको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि वित्तीय प्रणालीको तरलता बढेको हुनाले पुन सोही उपकरणको प्रयोग केन्द्रीय बैंकले गरेको बैंकरहरुको भनाइ छ ।

बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार पनि २० अर्ब तरलता खिच्दैछ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिमा २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकर निष्काशन गरेको थियो भने बिहीबार ७ दिन अवधिका लागि ३० अर्बको निक्षेप लिएको छ ।

बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोमा बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बुधबार ७ दिनका लागि ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा ३१ अर्ब ८० करोडको आवेदन परेको थियो ।

जसमा बैंकहरुले अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.६४ प्रतिशत ब्याजदरमा निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले औसत ३.०३४६ प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप लिएको हो । यसअघि १६ पुस मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालबिाट २० अर्ब तरलता खिचेको थियो । बिहीबार १४ दिनका लागि थप २० अर्ब तरलता खिच्ने भएको हो । बुधबारको निक्षेप संकलन उपकरण बोलकबोलसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता १ खर्ब १२ अर्ब रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार