एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

धनगढी- एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल नियुक्त भएका छन् । बिहीबार बसेको साधारणसभाले सञ्चालक समितिमा सदस्य चयन गरेको थियो । गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् ।

गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।अध्यक्ष गोयलले बिहीबारै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

Dengue

तत्कालीन बैंक अफ काठमान्डुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका गोयल पछि आफ्नै अग्रसरतामा खोलिएको क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सिइओ बने । उक्त संस्था एनएमबि बैंकमा गाभिइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार