युक्रेन युद्ध चलेको झन्डै २ वर्षपछि ४७८ युद्धबन्दी रिहा

रुस– युक्रेन युद्ध चलेको झन्डै २ वर्षपछि दुवै देशले ४ सय ७८ युद्धबन्दी रिहा गरेका छन् । बुधबार रुसले २३० र युक्रेनले २४८ सैनिक रिहा गरेका हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा दुई देशबीच युद्धबन्दी रिहा गर्ने सहमति भएको हो ।

युक्रेनी अधिकारीले २३० युक्रेनी युद्ध कैदीको घर फिर्ता भएको पुष्टि गरेको छ भने रुसी रक्षा मन्त्रालयले युक्रेनी बन्दीबाट २४८ रुसी सैनिक फिर्ता भएको पुष्टि गरेको छ ।

Dengue

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणपछि युद्ध सुरु भएयता कैदीहरूको यो सबैभन्दा ठूलो रिहाइ हो । रुस र युक्रेनबीचको युद्धका क्रममा सुरुमा सेना आदानप्रदानको सम्झौता चलिरहेको थियो । तर, गत वर्ष यो प्रक्रिया रोकिएको थियो । करिब पाँच महिनापछि सैनिकको यो आदानप्रदान भएको हो ।

२ सयभन्दा बढी सैनिक र नागरिक रुसी कैदबाट फर्केका छन्, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम सन्देश एपमा पोस्टमा लेखेका छन् ।

युक्रेनका मानवअधिकारवादी नेता ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले रुसले रिहा गरेका २३० युक्रेनी बन्दीमध्ये ६ जना सर्वसाधारण रहेको बताए । युक्रेनले सन् २०२२ यता ठूलो सङ्ख्यामा युक्रेनीहरूलाई हिरासतमा राखेको जनाएको छ ।

तिनीहरूमध्ये केहीले स्नेक आइल्याण्ड र युक्रेनी बन्दरगाह सहर मारिउपोलका लागि ऐतिहासिक लडाइमा भाग लिएका थिए । दुई देशबीच युद्धबन्दी आदानप्रदान गर्ने सम्झौता भए पनि आक्रमण भने जारी छ ।

रुसले बुधबार युक्रेनको सिमानामा रहेको आफ्नो दक्षिणी इलाकामा लक्षित १२ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । रुसको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनबाट बारम्बार मिसाइल र ड्रोन हमलाका कारण स्थिति तनावपूर्ण रहेको बताएका छन् ।

रुस र युक्रेनबीच जारी युद्धमा अहिलेसम्म दुवै पक्षका हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले एकअर्कालाई हमलाको आरोप लगाउँदै आएका छन् । यो द्वन्द्वका कारण सर्वसाधारणले पनि धेरै समस्या भोग्नु परेको छ ।

रुस र युक्रेनको सीमावर्ती सहरहरूमा धेरै मानिसले आफ्नो घर छोड्नु परेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार