भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन

चेन्नई – भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा सकारात्मक आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनी स्वस्थ भएको अनि परीक्षणपछि घर फर्किएको पनि पार्टीले नै बताएको थियो । तर आज पार्टीले उनको कोभिडको परीक्षण सकारात्मक आएको अनि सास फेर्न समस्या भएपछि भेन्टिलेटर सर्पोटमा राखिएको बतायो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ ।

dashain shuvakamana
Discovery School

विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए । विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४ ओटा फिल्ममा काम गरेका थिए । उनले कयौँ हिट फिल्म दिएका थिए । फिल्म पछि उनी राजनीतिमा आए अनि डीएमडीके पार्टी खोले । विरुधाचलम र ऋतिवंडियम निर्वाचन क्षेत्रबाट उनी दुई पटक विधान सभाको सांसद पनि भए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार