सुदूरपश्चिम, गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ: नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी स्थानको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। राति कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि सम्भावना छ।

देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार