चालु संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

Dengue

उहाँले सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको बताउनु भयो ।साथै कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने कार्यहरु नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयले अनुगमन र कारबाही गर्ने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

यसका लागि सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार