डोटी, ११ असोज । डोटीमा श्रमदानबाटै पिपल चौतारी निर्माण गरिएको छ । जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ मा करिब ४ लाख रुपैयाँ बराबरको लागत रहेको चौतारी स्थानीयहरूको श्रमदान र आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।
डोटी जिल्लाको बुहारगाँउस्थित बगरमा रहेको ऐतिहासिक तथा सयौँ वर्ष पुरानो पिपल चौतारी श्रमदानबाटै निर्माण गर्न पाउँदा स्थानीयहरू खुसी र हर्सित भएका बताउन्छन् ।
अध्यक्ष दुर्गा रावलका अनुसार स्थानीय व्यक्ति तथा गाउँ समाजका विशिष्ट व्यक्तिहरूसँगको इच्छा तथा चाहाना अनुसार भदौ ७ गतेदेखि श्रमदान गर्न थालिएकोमा भदौ १८ गते पिपल चौतारी निर्माण कार्य सम्पन गरी पुजाँ तथा विशेष पाठ गरी भदौ २५ गते समाजलाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्