बढ्यो सेयर बजार, कारोबार ८७ करोडमा सीमित 

काठमाडौँ : सोमबार अन्ततः सेयर बजार सम्हालिएको छ । ब्याजदर वृद्धिका कारण आइतबार ४२ अंक घटेको सेयर बजार सोमबार भने ४ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९६९ अंकमा कायम भएको छ ।

कारोबार रकम भने जम्मा ८७ करोड ४ लाखमा खुम्चिएको छ । हिजो २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १४९ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने १५ को स्थिर रहृयो ।

Dengue

बैंकिङबाहेकका सबै उपसमूह बढेका छन् । सो उपसमूह ५ अंक घट्यो । विकास बैंक १४, फाइनान्स १५, होटल तथा पर्यटन ४०, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५९, अन्य ७ र ब्यापार उपसमूह ४८ अंक बढे । इमर्जीङ नेपाल र थ्रीस्टार हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने शुभम् पावरको मूल्य १० प्रतिशत नै घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, साल्ट ट्रेडिङ, एभरेस्ट बैंक र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार