डलरको विनिमय दरमा नयाँ रेकर्ड

काठमाडौं: अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो ।

शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।

Dengue

२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।

यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार