१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र नेप्से

काठमाडौं: पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो ।

बिहीबार बजार परिसूचक नेप्से ३१।५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ को विन्दुमा बन्द भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्से १.५४ प्रतिशतले गिरावट भएको हो ।

Dengue

नेप्सेमा सम्पूर्ण उपसूचमा गिरावट भएका छन् । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ । जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ । सोल्टी होटलको सर्वाधिक ७ करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख र शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको स्थिर छ ।

नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएसँगै लगातार सकारात्मक सर्किट लाग्दै आएको कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य बिहीबार पनि ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै मकर जितुवामाई सुरु हाइड्रोपावरको सेयरमूल्य ५.९९ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य १.९९ प्रतिशतले वृद्धि भएको छ ।

यता मोलुङ हाइड्रोपावरको सेयरमूल्य ८.५४ प्रतिशतले गिरावट हुँदा समता घरेलु लघुवित्तको सेयरमूल्यमा ८.०९ प्रतिशतले गिरावट भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार