धनगढी–अत्तरिया ६ लेन सडकमा विङ्गर पल्टिदा ३ जना घाईते

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकमा विङ्गर पल्टिदा ३ जना घाईते भएका छन् ।

अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से।१ ज १०८४ नम्बरको विङ्गर ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अनियन्त्रीत भएर विङ्गर पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Dengue

घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको र तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चालक र विङ्गरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार