लागुऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ बाट कैलालीको गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका–७ देवहरियाका २३ वर्षिय रेशम रानालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ।

Seti Hospital

यस्तै, जिल्लाको भीमदत्त नगरपालिका–१० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित अर्का युवकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ६ बस्ने २३ वर्षिय प्रकाश नेपाली रहेका छन्।

उनलाई पशुपति टोल बस्ने किशोर नेपालीको घरमा चोरी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका नेपालीलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो। लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार