नेप्से सूचक २९ अंकले बढ्यो, १ अर्ब ५१ करोडको कारोबार

काठमाडौँ: बुधबार पनि नेप्से सूचक उकालो लागेको छ । अघिल्लो दिन १७ अंकले बढेकोमा आज थप २९.४७ अंकले बढ्दै नेप्से सूचक २ हजार ४५.४५ अंकको विन्दुमा उक्लिएको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

Dengue

समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.६४ प्रतिशतले बढेको र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य ७.४२ प्रतिशतले घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार