धनगढीमा यसरी मनाइयो गुरही पर्व ( फोटो फिचर )

धनगढी: धनगढीमा गुरही पर्व आज धूमधामका साथ मनाइएको छ । कैलालीका विभिन्न ठाउँमा यो पर्व आज धूमधामका साथ मनाइएको हो । धनगढी क्याम्पस रोडमा रहेको गुरही चोकमा पनि यो पर्व विभिन्न कार्यक्रम धूमधामका साथ मनाइएको हो ।

गुरहीकै दिनदेखि वर्षा याम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबै जना घरमा फुर्सदिलो भएका बेला आउने यो पर्व पर्दछ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नाग पञ्चमी भनेर मनाउँछ । नाग पञ्चमीमा विशेष गरी नेपालीहरू नाग बाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढङ्गले मनाइन्छ । कार्यक्रममा सहभागीले क्याम्पस रोडमा गुरहीको मूर्ति स्थापना गरिनु पर्ने बताएका छन् ।

Dengue

कार्यक्रममा वन वातावरण तथा पर्यटन मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य गीता चौधरी, धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्द कला राना, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पाल, इन्सेक सुदूरपश्चिमका संयोजक खडक जोशी, अधिकारकर्मी साबित्रा घिमिरे पत्रकार उन्नति चौधरी, आरेकका गीता चौधरी, पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार