नेप्से सूचक १९ सयमा ओर्लियो, कारोबार १ अर्ब ४० करोडमा सीमित

काठमाडौँ: दोस्रो दिन पनि नेप्से सूचक दोहोरो अङ्कले घटेर १९ सयको रेन्जमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक १२.९३ अङ्कले घटेर १९ सय ९८.२८ अङ्कको विन्दुमा झरेको हो । अघिल्लो दिन २१.९९ अङ्कले घटेर नेप्से सूचक २ हजार ११.२४ अङ्कको विन्दुमा अडिएको थियो ।

उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४० करोड ८९ लाखमा झरेको छ । हिजो झन्डै २२ अङ्कले नेप्से घटेको बजारमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Dengue

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । हाइड्रोपावर समूहको उपसूचक आज पनि १.४० प्रतिशतले घटेको छ भने म्यानु एन्ड प्रो समूहको उपसूचक १.०७ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.१७ प्रतिशतले घटेको छ । अन्य १० वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् ।

तथापि, आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुकाहरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मेनछिया हाइड्रोपावरको सेयर मूल्य ७.९९ प्रतिशतले घट्न पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार