डडेल्धुरामा जङ्गली जनावरको आतङ्क, ५० लाख बराबर क्षति

डडेलधुरा, ३२ साउन । डडेल्धुरामा जङ्गली जनावरले नष्ट गर्न थालेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पार्न थालेका हुन् ।

नवदुर्गा गाउँपालिका–२ बगाल र बेडपानीमा मकै बालीमा बढी क्षति पु¥याएको वडा अध्यक्ष दिलबहादुर विष्टले बताए । जङ्गली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पु¥याएको छ । वडा कार्यालयका अनुसार करिब रु ५० लाख बराबर क्षति भएको छ ।

Dengue

स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए। उक्त क्षतिबारे पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको उनले बताए । ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्णरूपमा सखाप भएको स्थानीय गणेश बहादुर साउँदले बताए ।

तत्कालका लागि राहत र दीर्घकालीन रूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने स्थानीयको माग छ । जङ्गली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार