आज पनि घट्याे सेयर बजार

काठमाडौँ: सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ । बुधबार नेप्से सूचक २०.३१ विन्दुले घटेर २०२५.१२ अंकमा आएर अडिएको छ । करिब १ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसत भन्दा कम हो ।

आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले सकारात्मक प्रदर्शन गर्न नसकेको हो । सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा आौसत वित्तीय विवरण आएको छ । यही बेला भदौका लागि बैंकहरुले ब्याजदर बढाउन सक्छन् भन्ने हल्ला पनि चलेको छ । ब्याजदर बढ्न सक्ने आशंका कारण पनि बजार निकै सुस्त भएको अनुमान गरिएको छ ।

Dengue

यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोढ ४१ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार