भीमदत्त राजमार्ग अवरुद्ध हुँदा कैलाली-कञ्चनपुरमा तरकारीको भाउ आकाशियो

धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो ।

एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन सकेको छैन ।

Dengue

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराइमा तरकारीको मूल्य आकासिएको छ । तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन् । गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन् । हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन् ।

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । अहिले आलु प्रतिकिलोग्राम रु ८० सम्ममा बिक्री भईरहेको छ भने बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षित रुपमा बढेको व्यवसायीहरुको भनाई रहेको छ ।

एक साताअघिसम्म प्रतिकिलो रु ४० मा बिक्री भइरहेको बन्दा अहिले रु ६० मा किन्नु परेको महेन्द्रनगरका उपभोक्ताले बताएका छन् । त्यस्तै, काउली प्रतिकिलो रु ५० देखि बढेर रु ७० पुगेको छ भने अन्य तरकारीको मूल्य पनि आकाशिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार