विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह

धनगढी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासङ्घले आग्रह गरेको छ ।

Dengue

महासङ्घका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई स्पष्ट गर्नुपर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार