कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सडक छेउका संरचना हटाउन डोजर चलायो

धनगढी, २६ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सडक छेउछाउका संरचना हटाउन थालेको छ । डोजरसहित सडकमा पुगेका छन् । नगरपालिकाको वडा नं. ११ स्थित कलुवापुर बजारको ढल व्यवस्थापनको लागि संरचना हटाउन थालेको हो ।

हिजो बिहीवार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली डोजर सहित उक्त क्षेत्रमा पुगे को थियो । नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ । जिल्लाको कलुवापुर बजार क्षेत्रमा डुवान हुन थालेपछि सडकको दुबैतर्फ अस्थायी नाली निर्माण गरिन लागेको नगर प्रमुख महराले बताए ।

Dengue

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालाहरुको छलफलमा सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरिएको थियो । सडक र पूर्वाधार विकास कार्यालयले चासो नदेखाएपछि तत्कालको समस्या समाधानका लागि नगरपालिकाले अस्थायी नाली निर्माण गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार