अनुदानको मल महंगोमा बेच्नेलाई कार्वाही

धनगढी । कास्कीमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई संस्थालाई कारबाही गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले अमरसिंह सुलभ कृषि सामग्री पसल र पोखराको शिवालय चोकस्थित उपभोक्ता सहकारी सङ्घलाई रु २०/२० हजार जरिवाना गरेको हो ।

Dengue

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुुगमन गरेको थियो । अनुुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएको थियो । अमरसिंह सुलभ कृषि सामग्री पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र पाँच बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ ।

त्यस्तै आफ्नो कार्यक्षेत्रबाहिर ठूूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी सङ्घ लिमिटेड पोखरा–८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय भएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार