लागुऔषध दुर्व्यसनीविरुद्ध जेसिसको सेचतनामूलक र्याली (फोटो फिचर)

धनगढी । धनगढी जेसिसले लागुऔषधदुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । सोमबार समुदायमा जेसिस भन्ने मूल नाराका जेसिस सप्ताह २०२३ को तेस्रो दिन आगुऔषध दुर्व्यसनी सम्बन्धी सेचतनामूलक र्यालीको आयोजना गरेको हो ।

पछिल्लो समय समुदायमा व्याप्त रुपमा फैलिएको लागुऔषध दुर्व्यसनी न्यूनिकरणका लागि भन्दै जनचेतनामूलक कार्यक्रम गरेको संयोजक गणेश शाहीले बताएका छन् । शाहीका अनुसार सोमबार उक्त र्याली धनगढीको मोहना अत्तरिया ६ लेन सडक हुँदै ओम प्यालेसम्म गरिएको थियो ।

Dengue

उक्त र्यालीमा सुदूरपश्चिम प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी प्रज्वल महर्जन, धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोस बस्याल, धनगढी वडा नं ५ का अध्यक्ष गजेन्द्र शाही, लगायतको उपस्थिति रहेको थियो । फोटो फिचरः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार