स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं: स्वीट्जरल्याण्डमाथि शानदार जित हात पार्दै स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

शनिबार न्युजिल्याण्डको इडनपार्कमा भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डमाथि ५–१ गोल अन्तरको जित निकालेको हो । पाँच दिनअघि मात्र समूह चरणको अन्तिम खेलमा जापानले स्पेनलाई ४–० ले हराएको थियो । आज भने स्वीट्जरल्याण्डविरुद्ध स्पेन हावी भयो ।

Dengue

स्पेनले पाँचौं मिनेटमा आइटाना बोनमाटीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा लाइआ कोडिनाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । कोडिनाले आफ्नै गोल किपरलाई पास दिएको बल पोस्ट भित्र पुग्यो ।

खेलको १७ औं मिनेटमा अल्बा रेडोन्डोले गोल गर्दै स्पेनलाई फेरि अग्रता दिलाइन् । ३६औं मिनेटमा बोनमाटीले व्यक्तिगत दोस्रो गाले गरिन् भने ४५औं मिनेटमा कोडिनाले गोल गरेपछि स्पेन पहिलो हाफमै ४–१ को अग्रता कायम गर्न सफल भयो ।

खेलको ७०औं मिनेटमा जेनिफर हेर्मोसोले गोल गरेपछि स्पेन ५–१ को जितका साथ पहिलो पटक महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । अब उसले नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच आइतबार हुने खेलको विजेतासँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार