यी हुन् लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू

काठमाडौं: पछिल्ला वर्षहरूमा लामखुट्टेजन्य रोगहरू पहाडी जिल्ला र काठमाडौं उपत्यकामा बढी देखिँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् । गर्मी मौसम सुरू भएसँगै लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट कतिपय रोगहरू लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु उत्तम उपाय हो ।

१. झुलको प्रयोग गर्ने
लामखु्ट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । गाउँघरमा प्रायजसोले प्रयोग गर्ने विधि भनेको धुपको प्रयोग हो । तर, यस्ता धुपको रातभर प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्ने गर्दछ । अझ दमको रोगीहरूका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग गर्नु नै उपयोगी हुन्छ ।

Dengue

२. पानी जम्न नदिने
लामखुट्टे पानी जम्ने भाडा, खाल्डा, नाला वा धेरै लामो समयदेखि पानी राखिएको स्थानमा बस्ने, अण्डा पार्ने र बच्चा हुर्काउनेसम्म गर्दछ । त्यसैले यसलाई निर्मूल पार्न लामखुट्टे हुर्कन नदिनु नै उत्तम उपाय हो । यसकालागि ती स्थानमा पानी जम्न दिनु हुँदैन ।

३. सरसफाइमा ध्यान दिने
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाँडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाइ सबैभन्दा महत्वपूर्ण हुन्छ ।

४. झ्याल ढोकामा जाली
गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।

५. वैकल्पिक उपाय
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार