वर्षायाममा छिटो सुकिरहेको छैन कपडा ? यी सहज तरिका अपनाउनुहोस्

मनसुन सुरु भएको केही समय बितिसकेको छ । धेरै ठाउँमा भारी वर्षा समेत भइरहेको छ । धेरैलाई मनसुन मन पर्छ । यो मौसममा हावामा नमी हुन्छ र मानिसको शरीरमा पसिना छिटै आउँछ । आकाशमा जति बेला पनि बादल छाइरहन्छ र घामको मुख देख्न पनि मुस्किल हुन्छ । त्यसैले पनि कपडा धोएपछि राम्रोसँग सुक्न पाउँदैन । जसका कारण कपडामा गन्धसमेत आउन थाल्छ । आज तपाईंलाई कपडा सुकाउने सहज तरिकाबारे जानकारी दिँदै छौँ ।

वासिङ मेसिन प्रयोग गर्नुहोस्

Dengue

वासिङ मेसिनमा कपडा धोएपछि त्यसलाई ड्रायरमा राखेर सुकाउने कोसिस गर्नुहोस् । यसो गर्दा कपडाबाट अतिरिक्त पानी निस्किनेछ र लगभग सुकेको जस्तै हुनेछ । त्यसपछि तपाईं कपडालाई घाम वा हावा आउने ठाउँमा राख्न सक्नुहुन्छ । यसो गर्दा केही मिनेटमा नै कपडा सुक्नेछ । आजकाल मेसिनमा अटोमेटिक ड्रायर पनि हुन्छन् जसले कपडालाई सुकाउन मद्दत गर्छ ।

कपडामा आइरन लगाउनुहोस्

आइरनको मद्दतले पनि तपाईं चिसो कपडा निकै सजिलै सुकाउन सक्नुहुन्छ । आइरन लगाउँदा कपडाको पानी केही मिनेटमा नै बाफ बनेर उड्छ । यसो गर्दा कपडाको गन्ध पनि हराउँछ । यद्यपि, आइरन लगाउने बेला तापक्रमको ख्याल राख्नुहोस्, नभए कपडा डढ्न पनि सक्छ ।

हेयर ड्रायर प्रयोग गर्नुहोस्

यदि तपाईंको कपडा हल्का चिसो छ, यसलाई छिटो सुकाउन चाहनुहुन्छ भने हेयर ड्रायर प्रयोग गर्न सक्नुहुन्छ । हेयर ड्रायरबाट निस्कने हावाले तपाईंको कपडा सुकाउन धेरै सहयोग गर्छ । तपाईं कतै बाहिर जाँदै हुनुहुन्छ र कपडा चिसो छ भने हेयर ड्रायर प्रयोग गर्दा राम्रो हुन्छ । यसले कपडाको गन्ध पनि हट्छ ।

ओभनमा सुकाउनुहोस् साना लुगाहरू

तपाईं मोजा र अन्डरवेयर जस्ता साना लुगाहरू सुकाउन आफ्नो माइक्रोवेभ ओभन प्रयोग गर्न सक्नुहुन्छ । ओभन भित्र लुगा राख्नु अघि, यसलाई राम्रोसँग निचोर्नुहोस् र पानी निकाल्नुहोस् । यो तरिका अपनाउनका लागि तपाईं कपडालाई बेकिङ सिटमा राखेर ओभन भित्र राख्नुहोस् । यद्यपि, यति बेला तपाईंले सावधानी अपनाउनुपर्नेछ ।

कपडालाई फ्रिजमा राख्नुहोस्

सुन्दा अचम्म लाग्ला तर चिसो कपडालाई फ्रिजमा राखेर पनि छिटो सुकाउन सकिन्छ । तपाईंले चिसो कपडालाई एउटा प्लास्टिकको ब्यागमा राख्नुहोस् र फ्रिजभित्र राख्नुहोस् । यसो गर्दा तपाईंको कपडा छिटो सुक्छ र लगाउन लायक बन्छ । यसो गर्दा कपडाको नमी निस्कन्छ र गन्ध पनि हट्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार