गर्मीमा मौसमी फलफूलको फाइदा

काठमाडौं: अहिले गर्मी एकदमै बढिरहेको छ । हामीले जाडोको तुलनामा गर्मीमा धेरै स्वास्थ्यको ख्याल राख्नुपर्ने चिकित्सकको भनाइ हुन्छ । गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ । त्यसैले यस समयमा शरीरको विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । दैनिक गर्मी बढेसँगै धेरै जनामा खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइरहने जस्ता समस्या देखिन सक्छन् ।

यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ । घाममा धेरै समय बस्दा वा बाहिर हिँड्दा प्यास लाग्यो भने जहाँ पायो त्यहीको पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्नसक्छ । हाम्रो शरीरलाई जहिले पनि पानीको आवश्यकता पर्छ । तर गर्मीमा पसिनाको माध्यमबाट पनि शरीरबाट बढी पानी जाने हुँदा बढी नै पानीको आवश्यकता पर्दछ। त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ। जसले शरीरमा रहेको विकार बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ ।

Dengue

गर्मीमा लाग्ने रोगबाट बच्नका लागि हामीले यो मौसममा पाइने विभिन्न खाने कुरामा ध्यान दिनुपर्छ । मौसम अनुसारका फलफूलले शरीरलाई शितलता प्रदान गर्नुका साथै स्वास्थ्यमा राम्रो गर्ने हुन्छ ।

गर्मीमा मौसमी फलफूलको सेवन
यो मौसममा पाइने मौसमी फलफूलको सेवन गर्ने गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यो मौसममा पाइने फलफूलमा प्रशस्त मात्रामा पानी पाइने भएकाले स्वास्थ्यलाई राम्रो गर्छ । जस्तो: खरबुजा, लिची, आँप, मेवालगायत फलफूल प्रशस्त मात्रामा खानुपर्छ। गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्त्व प्राप्त हुन्छ ।

पानी
यो मौसममा शरीरलाई पानीको अत्यधिक मात्रामा आवश्यकता पर्छ । त्यसैले हामी सबैले दैनिक रूपमा बिहान सबेरै उठ्नासाथ प्रशस्त मात्रामा सकेसम्म तताएर सेलाएको पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको विकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । अत्यधिक मात्रामा गर्मी भयो भनेर सिधै फ्रिजको पानी खानु उपयुक्त नहुने चिकित्सक बताउँछन् ।

ताजा र घरैमा बनाएको खाना खाने
व्यस्त जीवनशैलीका कारण धेरै मानिसमा बाहिरका खानेकुरा किनेर खाने बानी नै भइसकेको छ । तर त्यसरी सधैँ बाहिरका खानेकुरा खानुले स्वास्थ्यका लागि धेरै समस्या आउँछ । यो गर्मी मौसममा बाहिरका खाना बासी सडेगलेका खाँदा झाडापखाला, आउँ, हैजालगायतका रोगहरू लाग्न सक्छन् । त्यसैले घरैमा राम्ररी सफा गरेर पकाएका फ्रेस खाना खाने गर्नुपर्छ । लामो समय प्याकेटमा राखेका, तारेका, धेरै चिल्लो, पिरो, अमिलो र बासी खाना खानु हुँदैन । गर्मी समयमा तेलमा तारेको र भुटेको खाना खानु हुँदैन । पकाएर लामो समयसम्म राखेको खाना र बासी खाना खाँदा रोगको सङ्क्रमण हुने जोखिम हुन्छ ।

नरिवल पानीको सेवन गर्ने
गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीरलाई शीतलता प्रदान गर्छ । नरिवलको पानीमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ। नरिवलले शरीरमा पानीको कमी हुन नदिई छालालाई स्वस्थ, मुलायम र चम्किलो राख्न मद्दत गर्छ । नरिवल पानीमा एन्टी अक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स, भिटामिन सी र अन्य तत्त्व पाइन्छ । यसले कब्जियत, मुटुको समस्या र पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि सहयोग गर्छ । यसको प्रयोगले गर्भवतीमा हुनसक्ने विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा मिल्ने चिकित्सकको भनाइ छ ।

दहीको सेवन
गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्रा पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तोमा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शीतलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाइदा पुग्दछ । दहीमा यान्टिबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ । दहीको सेवनले पेटसम्बन्धी समस्या, अरुचिको समस्या, आन्द्रा तथा पेट सम्बन्धी रोग, मुटुको रोग, उच्च रक्तचाप, मुटुको धड्कन बढ्ने समस्या र कोलेस्ट्रोल स्तर बढ्नबाट रोक्न मद्दत गर्छ ।

हरियो सागपात खाने
गर्मी मौसममा पाचन क्रियामा समस्या हुने भएकाले धनियाँ, पुदिना तथा प्याज लगायत हरियो सागपातको सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ । हरियो सागपात तथा कलिलो बिउमा भिटामिन ‘बी’ पाइन्छ। भिटामिन ‘सी’ पनि हरियो सागपातबाट पाइन्छ।

चना
गर्मीमा चनाको सेवनले शरीरलाई गर्मीबाट बचाउँछ । धेरै मानिस बिहान वा दिउँसोको खाजामा चना खाने गर्छन् । त्यसैले गर्मी मौसममा चनाको सेवन गर्नाले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीरमा शक्ति पैदा गर्छ ।

मद्यपान तथा धूम्रपानको सेवन नगर्ने
मद्यपान र धूम्रपान स्वास्थ्यका लागि जुनसुकै समयमा पनि हानिकार छन् । अझ गर्मी मौसममा मद्यपान तथा धूम्रपानको सेवन अन्य मौसममा भन्दा हानिकारक मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार