डोटीमा धमाधम रोपाई सुरु…

भक्तराज जोशी

डोटी । देशभर आधा रोपाई सकिने बेला पनि समयमा पानी नपर्दा यसवर्ष रोपाई ढिला गरी सुरु भएको छ । अत्याधिक गर्मी र लामो समयसम्म पानी नपरेपछि रोपाई सकिने बेला पनि अधिकांश ठाउँमा रोपाई सुरु हुन सकेको छैन । अझ कतिपय क्षेत्रमा किसानहरुले ब्याडसमेत राख्न पाएका छैनन् ।

तर डोटीको बोगटान् फुड्सिल गाउँपालिकामा किसानहरु रोपाईको चटारोमा व्यस्त छन् । पानी नपर्दापनि बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरी जोराघाटका किसान रोपाईमा व्यस्त बनेका हुन् । उनीहरुले नदीको पानी सिँचाई गरेरै रोपाई सुरु गरेका हुन् ।

Dengue

नदी छेवैमा भएकाले रोपाईका लागि आकाशे पानीको भर पर्नु पर्ने अवस्था नरहेको स्थानीय सिताराम बिनाडीले बताए । ‘धेरै ठाउँमा पानी नपर्दा समयमा रोपाई सुरु हुन सकेको छैन । तर हाम्रो यहाँ पानीको अभाव छैन’, उनले भने, ‘नदि छेवैमा छ, त्यहिँबाट सिँचाई गर्छौं, आकाशे पानीको भर पर्नुपर्दैन ।’

बिनाडीका अनुसार जोराघाटमा हालसम्म ३० प्रतिशत रोपाई सम्पन्न भईसकेको छ भने बोगटान फुड्सिल गाउँपालिकाको हकमा भने रोपाई सुरुवाती चरणमा रहेको छ । नदीकै पानी सिँचाई गरेर भए पनि रोपाई गर्न पाउँदा स्थानीयहरु उत्साहित बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार