सेयर बजारमा १६ अंकको गिरावट

काठमाडौं: साताको सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ‌ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ६३ हजार ८५६ रुपैयाँमा खरिदबिक्री भयो।

Galaxy

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर वित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

आज १६९ कम्पनीको मूल्य घट्दा ४० को मात्रै बढ्यो।

कारोबार रकमका आधारमा यसदिन सिटीजन इन्भेस्टमेन्ट ट्रस्ट शीर्षस्थानमा रह‍यो। सो कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७८१ रुपैयाँको सेयर कारोबार भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार