सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं: सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख १० हजार ९०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार