सुन अहिलेसम्मकै महँगो, तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाण्डौ : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो । आज फेरि त्यो रेकर्ड तोड्दै सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

Dengue

अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार