बैंक तथा वित्तिय संस्था ‘नयाँ शोषक’को रूपमा उदाएः पर्यटनमन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन्।

बैंक तथा वित्तिय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाई थियो।

Dengue

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे।

मन्त्री किरातीले पहिले शोषकहरु दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए। उनले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए।

मन्त्री किरातीले बैंक तथा वित्तिय संस्थाहरुको ब्याँज घटाउन सक्ने अवस्था नरहेको पनि बताए। उनले भने, ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु पर्यो। यसरी आम रुपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ। १२ कक्षा पढेपछि सबै विद्यार्थीहरु विदेश जान्छन । १२ कक्षा पढेपछि विद्यार्थीहरु किन जान्छन विदेशरु पैसा छैन। बैंकलाई लगाई दिन्छ। पछि मिटरमा ब्याज लिन्छ। फेरी उसले पैसा फर्काएर लान्छ। नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर। महंगो ब्याज बोकेर, कम्प्युटर ठोकेर। पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक। अहिले त कम्प्युटर बोकेर पो आउँछ। गाउँगाउँ पुगेको छ वित्तिय संस्थाहरु। आमाहरुलाई राखेर ऋण दिन्छ। विचरा आमालाई छोराछोरीहरुले मोबाईल माग्छ। अनि, जमानी बसेर ऋण लिएर मोबाईल किनिदिन्छ। अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन। अर्को महिनादेखि बाख्रा तानिन्छ। गाई तानिन्छ। थाल बोटुको टिपिन्छ। आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ। यो कथा धेरै छ गाउँमा। सहरमा ब्याज छ। घटाउन सक्ने स्थिति पनि छैन।’

मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यक्ता पनि औंल्याए। उनले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार