नेपाल र कुवेतको खेल ४५ ओभरमा झारियो

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण केही समय खेल रोकिएपछि ४५ ओभरमा झारिएको नेपाल क्रिकेट संघले जनाएको छ। अहिले वर्षा रोकिएको छ भने क्रिजबाट ‘कभर’ हटाउन थालिएको छ।

वर्षाका कारण खेल अवरुद्ध हुँदा पहिलो इनिङको २३.२ ओभर मात्रै भएको थियो। नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको थियो। अब त्यहींबाट खेल शुरू हुनेछ।

Seti Hospital

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारीगरे। भुर्तेल ४३ र शेखले ३१ रन बनाए।

त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए।

रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।

कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार