हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

काठमाडौं । हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए ।

विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।

अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ । ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार