धनगढी । प्रतिनिधिसभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतसँगै देशभर खुसीयाली छाएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका डा.स्वर्णिम वाग्ले र चितवन २ बाट पार्टी सभापति रवि लामिछानेले सानदार जति निकालेसँगै देश अहिले घण्टीमय बनेको छ ।
यसैबीच उपनिर्वाचमा रवि लामिछाने र डा.स्वर्णिम वाग्लेको जीतको उत्साहमा धनगढीमा पनि विजयी र्याली गरिएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनगढीमा विजयी र्याली निकालेको हो । र्यालीका क्रममा उनीहरुले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ बजाउँदै अत्तरिया र धनगढी बजार परिक्रमा गरेका थिए ।
र्याली प्रश्चात उनीहरुले बारा, चितवन र तनहुँका मतदातालाई धन्वादसमेत दिएका थिए । फोटो फिचरः
प्रतिक्रिया दिनुहोस्