नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौ‌: एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो।

ओमनविरुद्धको खेलमा धर्मराएको नेपालको इन्निङ्सलाई सम्हाल्न कुशल मल्लले आक्रामक शतक प्रहार गर्दा सोमपाल कामीले सम्हालिएको अर्धशतकीय इन्निङ्स खेले।

Dengue

२०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९ औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्। उनी १०८ रन बनाएर अक्विब इल्लियासको बलमा आयान खानबाट क्याचआउट भए।

मल्लको यो शतक नेपाली टोलीको तर्फबाट पाँचौँ एकदिवसीय शतक हो। उनी अघि पारस खड्का, रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। यो सँगै कुशल मल्ल नेपालका लागि सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शुन्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो। ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन। चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरे। तर, रोहित १७.१ ओभरमा २३ रन बनाएर आउट भए। चौथो विकेटका रुपमा भीम सार्की २०.३ ओभरमा स्टम्पिङ आउट भए। त्यस्तै आरिफ शेख २९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भए।

सातौँ विकेटका रुपमा ४०.४ ओभरमा मल्ल आउट भएपछी नेपालको प्लेइङ ११ को सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीले जिम्मेवारी सम्हाले। उनले ४८ बलमा ९ चौकाको सहायतामा ६३ रन बनाउँदै अविजित रहे। त्यस्तै आक्रामक ब्याटिङ गरेका करण केसी १५ बलमा २९ रन बनाएर अविजित रहे।

आठौँ विकेटका रुपमा सन्दीप लामिछाने ८ रन बनाएर आउट भएका थिए।

नेपाली क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा बनायो यो हालसम्मकै उच्च योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध सर्वाधिक २ सय ९७ रन बनाएको थियो।

बलिङतर्फ ओमनका आयान खानले २ विकेट लिँदा बिलाल खान, कलीमुल्लाह, जेसन मक्सुद, फायत बट, अक्विब इल्लियसले समान १ विकेट लिए।

ओमन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिदैँछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार