यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ ।

कपाल झर्नु
तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

Dengue

तौल बढ्नु वा कम हुनु
तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।

कामेच्छामा परिवर्तन
तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।

निद्राको कमी
निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

मूड परिवर्तन
कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार