कोरोनाबाट चितवनमा पनि एक जनाको मृत्यु

चितवन: कोरोनाभाइरसको संक्रमणबाट चितवनमा पनि एक जनाको मृत्यु भएको छ।

कोरोनाबाट भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार, निमोनियाका कारण चितवन मेडिकल कलेजमा भर्ना भएका वृद्धमा कोरोना संक्रमण देखिएको थियो।

Dengue

चितवनमा अहिले १० जना सक्रिय सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार, भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक-एक संक्रमित छन्। उनीहरू होम आइसोलेशनमा बसिरहेका छन्।

यसअघि कोरोनाबाट धनगढीमा पनि एक जनाको मृत्यु भएको थियो। मुटुरोगबाट पीडित कञ्चनपुरकी ७३ वर्षीया वृद्धा सेती अस्पताल भर्ना भएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार