ट्राफिक नियम उल्लघंन गर्नेबाट १ अर्ब ४२ करोड राजस्व संकलन

काठमाडौंः ट्राफिक नियमको पालना नगर्ने झण्डै १९ लाख ४२ हजार सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८-०७९ मा ट्राफिक नियमको पालना नगर्ने १९ लाख ४१ हजार ७५८ सवारीधनीहरूलाई कारबाही गरेको हो । कारबाहीबाट १ अर्ब ४१ करोड ८९ लाख २६ हजार जरिवाना राजस्व असुली भएको छ ।

Dengue

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीचालकले तोकिएका नियम पालना गर्नुपर्ने व्यवस्था छ । ट्राफिक पदमा जनशक्ति अपुग भएका कारण अन्यत्रबाट १ हजार ३३५ जना काजमा ल्याएको कारण ३ हजार ९३५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन कार्यमा संलग्न रहेका छन् । गत वर्षको तुलनामा सवारी नियमको पालना नगर्नेको प्रतिशत १८-३७ ले बढेको छ ।

यो वर्ष सवारी नियम पालना नगर्ने मादक पदार्थ सेवकलाई ५४ हजार ८८७ पटक तीव्रगतिमा सवारीसाधन चलाउनेलाई २६ हजार ३५९ पटक लेन अनुशासन पालना नगर्नेलाई १३ हजार ८९३ पटक कारबाही भएको छ । सवारीसाधनको प्रकृतिअनुसार मोटरसाइकल चालकले ६ लाख २२ हजार ४५५, ट्रक र ट्याकंर चालकले ५ लाख ७ हजार ४९५ कार, जीप, भ्यान चालकले ४ लाख १९ हजार ९१५ पटक सवारी नियमको पालना गरेका छैनन् ।

सवारी नियमको पालनामा कमजोरी रहेको र नियमको पालना नहुँदा सडक दुर्घटनामा समेत वृद्धि हुँदै आएको देखिँदा आवश्यकताअनुसार ट्राफिक दरबन्दीको व्यवस्था गरी सडक अनुशासन पालनामा कडाई गर्नुपर्ने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार