राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश पहिलो

धनगढीः धनगढीमा भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले एक स्वर्णसहित पाँच पदक जित्दै पहिलो भएको छ। धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा बिहिवार सम्पन्न भएको प्रतियोगितामा बागमतीले एक स्वर्ण, दुई रजत र २ कास्य पदक जितेको हो।

बागमती प्रदेशका लागि सेभर पुरुषतर्फ सिनियर खुला विधामा पायस योन्जनले स्वर्ण जितेका हुन्। यस्तै सेभर महिला तर्फ सिनियर खुला विधामा वागमतीका खेलाडी सोफीया चन्दले रजत जितेकी हुन्। सोही विधामा बागमतीकै गोमा आचार्यले कास्य जितिन्। इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा वागतमतीका अस्मीता घिसिङले रजत र सोफीया चन्दले नै कास्य हात पारेकी थिइन्। बागमतीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा भने कुनै पदक जित्न सकेन।

Dengue

विभागीय टोली सशस्त्र प्रहरी क्लवले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक जित्यो। एपीएफ क्लवका लागि सेभर महिलाातर्फ सिनियर खुला विधामा सुपमाया घिसिङले स्वर्ण जितेकी हुन्। यस्तै सेभर पुरुषतर्फ सिनियर खुला विधामा एपीएफ क्लवका खेलाडी राजेन्द्र गजुरेलले रजत र खेमराज खत्रीले कास्य पदक जिते । सेभर महिलातर्फ सिनियर खुला विधामै एपीएफकी उर्मीला लामाले कास्य जितिन्।

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य जित्न सफल भयो। उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन्। गण्डकीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कास्य पदक हात पारे।

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य जित्न सफल भयो। उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन्। गण्डकीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कास्य पदक हात पारे।

सुदूरपश्चिम प्रदेशले पनि एक स्वर्ण र दुई कास्य जित्यो । सुदूरपश्चिमका लागि इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा लक्ष्यजंग शाहीले स्वर्ण दिलाएका हुन् । सेभर पुरुषतर्फ सिनियर खुला फेन्सिङ सुदूरपश्चिमका खेलाडी रबिन्द्र शाहले कास्य जिते । यस्तै इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा भरत देउवाले कास्य जिते ।

प्रतियोगितामा बागमती, कोशी, गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका ७७ खेलाडी सहभागि थिए। विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागि थियो। ईपीमा २० बर्षमुनी उमेरका महिला र पुरुष दुवै विधामा खेल भएका थिए । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी दुबै विधामा खेल भएका थिए।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले फाइनलमा खेलको अवलोकन गरेका थिए। उनले प्रदेश सरकारले बनाउने बजेटमा खेलकुदलाई प्राथमिता दिइने बताएका थिए। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले सुद्ुरपश्चिममा महत्वका साथ खेल र खेलाडीकाृ विकासमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

आयोजक फेन्सिङ संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले खेलमा सहभागि हुन आउने सबैलाई बधाई तथा शुभकामना दिए।

प्रतियोगिताका विभिन्न विधामा स्वर्ण जित्नेले नगद १५ हजार, रजत जित्नेले १० हजार र कास्य जित्ने खेलाडीले ५र५ हजार पुरस्कार पाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार