‘बौद्ध विश्वविद्यालय जहाँ पनि खोल्न मिल्छ, म हेलम्बुमा खोल्छु, कसले रोक्छ’ ’ : अध्यक्ष शेर्पा

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा बौद्ध विश्वविद्यालय खोल्ने बताएका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुमा विश्वविद्याय खोल्ने बताएका हुन् । अध्यक्ष शेर्पाले आक्रोशित हुदै भने, ‘हेलम्बुमा म बौद्ध विश्वविद्यालय खोल्छु, कसले रोक्न सक्छ ?’ उनले प्रश्न समेत गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताएपछि अध्यक्ष शेर्पा आक्रोशित बनेका हुन् । ‘विश्वले मानेका भगवान गौतम बुद्धको ‘बौद्ध दर्शन’को पढाई हुने विश्वविद्यालय खोल्दा कसैलाई आपत्ति हुन्छ भने रोकेर देखाउनुहोस्’ अध्यक्ष शेर्पाले भने, ‘ ‘हेलम्बुमा म बौद्ध विश्वविद्यालय खोल्छु, कसले रोक्न सक्छ ?’ उनले अगाडी थपे, ‘हाम्रो देशको जुनसुकै ठाउँमा पनि विश्वविद्यालय खोल्न मिल्छ, मुस्ताङमा खोले हुन्छ, हेलम्बुमा खोले हुन्छ, दार्चुला खाेले हुन्छ, ताप्लेजुङ खाेले हुन्छ, तराईमा खोले हुन्छ, त्यो नेपाल सरकार र नेपालीकाे अधिकारको कुरा हो, हाम्रो अधिकारलाई हेप्ने र कुण्ठित हुने गरी कसैले हामी माथी धावा बोल्छ भने त्यो सह्य हुने छैन ।’ आफु हेलम्बुमा विश्वविद्यालय खोल्ने र त्यसलाई रोक्न उनले चेतावनी समेत दिएका छन् ।

विश्वविद्यालय खोल्ने कुरामा नहेप्न समेत अध्यक्ष शेर्पाले नेताहरुलाई चेतावनी दिएका छन् ।  यस अघि एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका छन् ।

Dengue

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार